मनहरीमा स्कूलबसको ठक्करबाट बालिकाको मृत्यु

हेटौंडा। मकवानपुरको मनहरीमा स्कूल बसको ठक्करबाट गम्भीर घाइते बालिकाको उपचारको क्रममा मृत्यु भएको छ।

आइतबार दिउँसो मनहरी ६ नयाँबस्तीमा मनहरी बिलिभर्स इङ़लिस बोर्डिङको ना १ क ९२५० नम्बरको बसले स्थानीय खड्क बहादुर थिङको अन्दाजी २ वर्षीया छोरी पुजा थिङलाई ठक्करदिदा पुजा गम्भीर घाइते भएकी थिइन्।

ठक्करबाट गम्भीर घाइते उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।ठक्कर दिने बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाइएको छ।

समाचार