हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा अखिल नेपाल महिला संघको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार एमाले पार्टी कार्यालय कमानेमा अनेम संघ ८ नम्बर वडा कमिटीले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा अनेम संघकी जिल्ला सचिव शुशिला मल्लले महिला आन्दोलनको इतिहास, अनेमसंघको उपलब्धि र कार्यदिशाको विषयमा प्रशिक्षण दिएकी थिइन् ।
त्यस्तै अनेम संघ जिल्ला कमिटी अध्यक्ष सुमित्रा काफ्लेले अनेम संघ विधान २०७९ बारे प्रशिक्षण दिएकी थिइन् ।
अनेम संघ केन्द्रिय प्रदेश कमिटी सदस्य मेनुका दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अनेम संघ ८ नम्बर वडा कमिटी अध्यक्ष गोपिनि चौलागाईं, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य गोपाल बहादुर श्रेष्ठ , एमाले वडा कमिटि अध्यक्ष गोतामे मोक्तान, जिल्ला कमिटी स्कुल विभाग सचिव कुमार के.सि लगायत अनेम संघ जिल्ला नगर कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।
वडाको १५ वटा टोल कमिटीको अध्यक्ष र सचिवको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।