मउवा संघको नवनिर्वाचित कार्यसमितिद्धारा शपथ ग्रहण

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नवनिर्वाचित अध्यक्ष प्रमोद सिं रानाभाटसहित कार्यसमितिले आज सपथ लिएको छ । निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले नवनिर्वाचित कार्यसमितिलाई सपथ गराएका हुन् ।

समितिका अध्यक्ष रानाभाटसहित उपाध्यक्ष क्रमश दीपक उप्रेती, उज्वल चौलागाईं, राजु अधिकारी र काव्यमणि अधिकारीले सपथ लिएका हुन् । त्यस्तै महासचिव प्रतिमा श्रेष्ठ, कोषाध्यक्ष तेजराज अधिकारी, सह कोषाध्यक्ष निलम वैद्य, सचिवहरु क्रमश रुपकराज दहाल, माधव ज्ञवाली, कुलप्रसाद चौलागाईं, राजाराम कार्की/नेत्रप्रसाद खतिवडाले सपथ लिएका हुन् ।

संघको सदस्यहरुमा जगदिश दाहाल, कृष्णगोपाल महर्जन, भुपेन्द्र प्रसाद अधिकारी, शम्भु पुडासैनी, सन्तोष घिमिरे, राजेन्द्र लामिछाने, सीतादेवी भेटवाल, निलम बजगाई, बालकृष्ण बजगाई, विष्णुप्रसाद दाहाल, शंकरप्रसाद कालाखेती, सुकृतराज पराजुली, विक्रमकुमार सञ्जेल, निलम पाण्डे, अंकिता सुमार्गी, नवराज खतिवडालगायत निर्वाचित भएका छन् ।

सपथ ग्रहण कार्यक्रममा संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले नवनिर्वाचित अध्यक्ष प्रमोद सिं रानाभाटलाई टिका माला लगाएर पद हस्तान्तरण गरेका थिए ।

समाचार समाज