गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

हेटौंडा । गैँडाको आक्रमणबाट चितवनको माडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका-३ का ५६ वर्षीय छविलाल वोट रहेका छन् ।

नजिकैको जंगलमा भैँसी चराउन गएका उनलाई गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले जानकारी दिए ।

समाचार