हेटौंडा १४ मयुरधापमा चितुवा देखा पर्यो

हेटौंडा। हेटौंडा १३र १४ को सिमानामा चितुवा देखापरेको छ। एउटा माउ चितुवा र २ वटा बच्चा हरियाली टोलबाट हेटौंडा १३ र १४ जाने बाटो मयुरधापमा चितुवा देखा परेको स्थानीय कुमार पोखरेलले बताएका छन् ।

साझ ५ बचेको समयमा बच्चा सहित माउ चितुवा देखापरेको पछि पदमपोखरी र मयुरधाप बासी त्रसित बनेका छन्। गतहप्ता पदमपोखरीमा चितुवा देखापरेको थियो। पदमपोखरीबाट २ किलोमिटर पर पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ।

समाचार