समाजवादी प्रेस संगठनका महासचिव एलन चौतारी फर्किए

हेटौंडा। नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनका महासचिव रामकुमार एलन प्रेस चौतारी नेपालमा फर्किएका छन् ।

समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुबेदीसङ्गै एलन पनि चौतारी फर्किएका हुन् । एमाले महासचिव शंकर पोखरेल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र चौतारीका अध्यक्ष गणेश बस्नेतले सुवेदीसहितको टीमलाई मूलधारमा स्वागत गरेका हुन् ।

एलन हेटौंडा रहेको कारण कार्यक्रममा उपस्थिति जनाउन नपाएपनि आफू पनि अध्यक्ष सुवेदीसङ्गै चौतारीमा फर्किएको जानकारी दिए । तत्कालिन प्रेस चौतारीका उप-महासचिव रहेका एलन एमाले विभाजन भएर निर्माण भएको समाजवादीमा लागेका थिए ।

समाचार