मकवानपुरमा भिरबाट लडेर  पाख्रिनको मृत्यु

हेटौंडा/  मकवानपुरमा भिरबाट लडेर  एक महिलाको मृत्यु भएको छ । मुत्यु हुनेमा स्थानीय ५३ वर्षीया चमेली माया पाख्रिन रहेकी छन् । घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएकी उनको चिप्लिएर भिरबाट लडेर मृत्यु भएको हो ।
भीमफेदी गाउँपालिका वडा नम्बर ३, ईचुङस्थित घट्टेपाखा भिरबाट लडेर पाख्रिनको मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
मृतक पाख्रिनको शव पोस्र्टमाटमको लागि हेटौंडामा अस्पतालमा राखिएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समाचार स्थानीय