नेपाल पानी उद्योग महासंघको घोषणा, लिम्बुको नेतृत्वमा २३ सदस्यीय तदर्थ समिति गठन

हेटौंडा । देशैभरिका जार तथा बोतलका पिउने पानी उत्पादन गर्ने उद्योगीहरुको छाता संगठनका रुपमा नेपाल पानी उद्योग महासंघ रहने घोषणा भएको छ । हेटौंडामामा भएको प्रथम प्रारम्भिक भेलाबाट महासंघ घोषणा गरिएको हो । उक्त भेलाले बिक्रम लिम्बु चेमजोङको नेतृत्वमा २३ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ ।

देशैभरिका जार तथा बोतलका प्रशोधित पानी उत्पादन गरि बजारमा पठाउने उद्योगहरुको छाता संगठनका रुपमा महासंघको गठन गर्न गत पुष २६ र २७ गते काठमाण्डौंमा बसेको उद्योगीहरुको भेलाले माघ १७ गते मकवानपुरको हेटौंडामामा प्रारम्भिक भेला राख्ने निर्णय गरेको थियो । हिजो बिहीबार हेटौंडामा भएको भेलाले बिक्रम लिम्बु चेमजोङको अध्यक्षतामा २३ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो ।

यस्तै, तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा भरत बुदाथोकी, उपाध्यक्षहरुमा क्रमश रबिन्द्र मोहन अधिकारी, पुरुषोत्तम पाण्डे, रुपचन्द्र नौलखा, सवि कार्की, भुवन लोहनी, बिक्रम मण्डल रहेका छन् । त्यस्तै महासंघको महासचिवमा युवा उद्योगी ध्रुव प्रसाद अधिकारी चयन भएका छन् । समितिको उपमहासचिवमा रेसा श्रेष्ठ, कोषाध्यक्षमा देव नारायण चौलागाई रहेका छन् । भेलाले तदर्थ समितिको सदस्यहरुमा क्रमश सहदेब बोलखे, ज्ञानहरी लामा, अनिल आचार्य, टक बहादुर सारु, विष्णु हमाल, पदम राउत, शौरभ मारु, कृष्ण आचार्य, नारायण गिरी, शाहिल शाह, रक्की लामा र उपेन्द्र कुमार खड्का सर्बसम्मत चयन भएका छन् ।

नेपालमा पछिल्लो समय प्रशोधित पिउने पानीको निकै माग हुन थालेको छ । यस्तो अवस्थामा देशैभरिमा झण्डै ७ सय भन्दा बढि पानी उत्पादन गर्ने उद्योगहरु संचालनमा रहेका छन् । पानी उद्योगमा १५ अरब भन्दा बढिको लगानी भएको छ भने २२ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यसमा पनि रोजगारीमा जोडिएका परिवारबाट ६६ हजारले रोजगारमा प्रत्यक्ष लाभ लिएका छन् । यस्तो अवस्थामा पानी उत्पादन गर्ने उद्योगहरुको छाता संगठनका रुपमा नेपाल पानी उद्योग महासंघको घोषणा भएको हो ।

तदर्थ समितिका संयोजक बिक्रम लिम्बु चेमजोङले सबै उद्योगीको हकहितको संरक्षण गर्न र नेपालको पानी अन्तराष्ट्रिय बजारमा लैजान पहल गर्न महासंघको स्थापना गर्नुपरेको बताए। उनले महासंघको पारदर्शितामा प्रश्न उठाउने ठाउँ नरहने गरि तोकिएको समयसिमा भित्र प्रथम अधिवेशन गर्ने समेत बताए। उनले देशभरका सबै पानी उद्योगीहरुलाई महासंघमा गोलबन्द हुन आग्रह गरेका छन् ।

त्यस्तै तदर्थ समितिका महासचिव युवा उद्योगी ध्रुव प्रसाद अधिकारीले धेरै लामो प्रयास र छलफलपछि महासंघको घोषणा गरिएको बताए । उनले सम्पूर्ण पानी उद्योगीहरुको
व्यवसायीकतामा सहयोग गर्न र उद्योगीहरुको हकहितको संरक्षण तथा व्यवसायीहरुलाई थप उत्तरदायी बनाउन महासंघको घोषणा गरेको बताएका छन् । उनले वैज्ञानिक तथा आधुनिक प्रविधिको आधारमा पानी उद्योगहरुको विकास गने समेत बताए ।

भेलामा देशै भरीका प्रदेश संघ, विभिन्न जिल्लामा रहेका जिल्ला संघ, नगर तथा क्षेत्रीय संघका गरि झण्डै १ सय बढि उद्योगी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

समाचार