पेट्रोलियम पदार्थको मूल्य बढ्यो

हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ। निगमले शुक्रबार मध्यरातिबाट लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ४ रुपैयाँ र हवाई इन्धन आन्तरिक उडान तर्फ प्रति लिटर ६ बढाएको हो । इण्डियन आयल कर्पोरेसनले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढेको मूल्यसुची आए अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।निगमले खाना पकाउने ग्यासको मूल्य यथावत् राखेको छ ।

 

Screenshot_20250131_20262-1738334799.jpg
समाचार