इन्द्रसरोवरमा रुखले थिचेर गम्भीर घाइते बालकको मृत्यु

हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा रुखले थिचेर गम्भीर घाइते बालकको उपचारको क्रममा मृत्यु भएको छ।

शुक्रबार दिउँसो मकवानपुर ईन्द्रसरोवर-२ खानिखेत स्थित आफ्नै बारीमा स्थानीय भागिरथ पुडासैनीले घर नजिकै रुख काटी रहेको अबस्थामा रुख ढली निजको नाती बर्ष अन्दाजी१२ वर्षीय आदर्श पुडासैनीलाई थिच्दा निज बालक गम्भीर घाइते भएका थिए।
रुखले च्यापिदा टाउको र दुबै हातमा चोट लागी गम्भीर घाईते भएका उनको उपचारको क्रममा काठमाडौं स्थित टिचिङ अस्पतालमा ज्यान गएको जनाइएको छ ।

समाचार