आजबाट हेटौंडा उपमहानगरपालिकाले नगर भित्रको फोहोर नउठाउने

हेटौंडा। हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन गरिएको छ।  मङ्गलबार उच्च अदालत पाटन, हेटौँडा इजलासले राप्ती नदी तटमा अर्को आदेश नभए सम्मका लागि फोहोर नफाल्न उपमहानगरपालिकाका नाममा निषेधाज्ञा जारी गरेसंगै फोहोर सङ्कलन तथा व्यवस्थापन स्थगित भएको उपमहानगरपालिकाले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिका कार्यालयले बिहीबार सूचना जारी गर्दै अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि फोहोर सङ्कलन स्थगन गरिएको उल्लेख गरेको हो । उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले अदालतले राप्ती तटमा फोहोर नफाल्न आदेश जारी गरेको र उपमहानगरपालिकासँग अर्को वैकल्पिक स्थान नभएकोले फोहोर उठाउन रोक्नु परेको बताएका छन्।
दुईसाता अघि राप्ती तटमा रहेको फोहोर सङ्कलन तथा व्यवस्थापन केन्द्रमा आगलागी भएपछि प्रदुषण फैलिएको भन्दै निवेदक योगेन्द्रप्रसाद उपाध्यायले उच्च अदालतमा मुद्दा दायर गरेका थिए।सोको सुनुवाइ गर्दै न्यायाधीश डा. निर्मला पौडेल भट्टराईको एकल इजलासले मङ्गलबार राप्ती तटमा फोहोर नफाल्नू, फाल्न नलगाउनू भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियोे ।

 

FB_IMG_1738812878396-1738812993.jpg
समाचार