हेटौँडा । निर्माण व्यवसायी महासंघ मकवानपुरको आयोजनामा फागुन ६ गतेबाट १८ गतेसम्म हुने राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवमा व्यापारको नाउँमा स्टल नराख्नको लागि मकवानपुरमा क्रियाशिल सातवटा व्यवसायी संघले प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण गराएका छन् । मकवानपुर उद्योग वाणिज्य संघ र हेटौाडा उपमहानगरपालिकाबिच भएको सहमति अनुसार हेटौँडामा कुनैपनि मेला महोत्सव गर्दा प्रर्दशनी मात्र गर्ने सहमति भएको तर्फ ध्यानाकर्षण गर्दै मकवानपुरका सातवटा व्यवसायीक संघसंस्थाले निर्माण व्यवसायी संघले गर्ने मेलामा पनि उक्त सहमतिको पालना गर्नुपर्ने माग राख्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी मार्फत हेटौँडा उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएका हुन् ।
मेलाको आयोजना गर्दा स्थानीय बजारलाई समस्या हुने तर्क गर्दै कपडा तथा तयारी व्यवसायी संघ मकवानपुर,मोवाइल एसोसियन मकवानपुर, जुत्ता चप्पल व्यवसायी संघ मकवानपुर,मकवानपुर अधिकृत व्यवसायी संघ, मकवानपुर फर्निचर व्यवसायी संघ, मकवानपुर कस्मेटीक व्यवसायी संघ तथा मकवानपुर भाडा व्यवसायी संघले ध्यानाकर्षण गराएका हुन् ।