प्रेस चौतारी मकवानपुरको नयाँ नेतृत्व चयन, दहालको अध्यक्षतामा समिति चयन

 

प्रेस चौतारी नेपाल मकवानपुरको नबौ अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । अधिवेसनको बन्दसत्रले नयाँ कार्यसमिति चयन गरेको हो ।

प्रेस चौतारी मकवानपुरको हेटौंडामा सम्पन्न नबौ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा सरिता दाहाल सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै, उपाध्यक्षमा पुरुषतर्फ शिव चौलागाईँ र महिलातर्फ प्रतिक्षा न्यौपाने चयन हुनुभएको छ त्यस्तै सचिवमा नविन तिमल्सिना, सह–सचिवमा सुमन दाहाल , समावेशी सह–सचिवमा मनिल महत्तो र कोषाध्यक्षमा अशोक बजागाईँ चयन भएका छन् ।

समितिको सदस्यहरुमा क्रमशः सानुमाया गुरुङ (निशा), सरोज पौडेल, संजिव सुनुवार, रामकुमार दानी, सुरेश गुरुङ र स्मीता अर्याल चयन भएका छन् ।


नेकपा एमालेका सचिव योगेश भट्टराईको प्रमुख आतिथ्यतामा शनिबार चौतारी मकवानपुरको नवौं अधिवेशन उद्घाटन गरिएको थियो ।

मुख्य समाचार समाचार