मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता अब वडाबाट नै वितरण सुरु गरिएको छ । पालिकाको आठ वटा वडा मध्ये ४ वटा वडामा गत वर्ष बाटै वडाबाट नै सामाजिक सुरक्षा भत्ता वितरण गरिएकोमा अब बाँकी रहेका ४ वडामा पनि वडाबाट नै भत्ता वितरणको काम शुरु गरिएको हो ।
मकवानपुरगढी गाउँपालिकाले नीतिगत निर्णय गरेर पालिकाको केन्द्रमा रहेको नबिल बैंक मार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता रकम वडा कार्यालयमै पुगेर वितरण गर्ने प्रबन्ध मिलाईएको मकवानपुरगढी गाउँपालिकाले जनाएको छ ।
मकवापुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को दोस्रो किस्ता बापतको रकम वडा कार्यालयबाट नै वितरणको काम सुरु गरेको हो । सामाजिक सुरक्षा भत्ता वडा स्तरबाट नै वितरण गर्न कार्यलाई निरंरतार्ता दिदै विहीबार वडा नम्बर १ आपटारबाट वितरणको काम सुरु भएको हो । यो किस्ता देखि वडा नम्बर २ शिखरकटेरीमा रहेको वडा कार्यालयबाट बाट पनि सुरु गरिने गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानले बताउनुभयो ।
वडा नम्बर १ ,७ र ८ मा अघिल्लो आ व देखिनै वितरणको काम भईसकेको र आगामी दिनमा पालिकाले नबिल बैंक संगको सहकार्यमा बाकि रहेको अन्य वडा कार्यालय ४, ५,र ६ बाट नै वितरण गर्ने योजना रहेको स्याङतानले बताउनु भएको छ । साथै गाउँपालिका केन्द्रमा रहेको नबिल बैंकसम्म आउन जान वृद्ध वृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि वडा स्तरबाट सेवा दिने कामको सुरुवात गरेको उहाँले बताउनुभयो ।
विहीबार मकवानपुरगढी गाउँपालिका वडा १ बाट घुम्ती शिविर मार्फत सामाजिक सुरक्षा भत्ता रकम जम्मा १०५ जना लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता रकम बुझेका छन । साथै ज्येष्ठ नागरिक, दलित, अशक्त, असहाय, विधवा लगायतका लाभग्राहीहरुलाई बैंकमा आएर भत्ता लिन असहज भएकाले सहजताका लागि हाल ४ वटा वडाबाट भत्ता वितरण गरिएको गाउपालिका प्रशासन प्रमुख रघुनाथ हुमागाईले बताउनु भयो ।
साथै हुमागाईले शुक्रबार पनि १ नम्बर वडा कार्यालय बाट वितरण गरिने बताए । साथै फागुन ४ र ५ गते वडा नम्बर २ , फागुन ६ र ८ गते वडा नम्बर ७ र फागुन ९ र ११ गते वडा नम्बर ८ बाट वितरण गरिने हुमागाईले बताउनु भएको छ ।