स्वस्थानी व्रत आज समापन हुँदै

हेटौंडा । स्वस्थानी व्रत आज समापन हुँदै छ । हिन्दु धर्मावलम्बीहरुले पौष शुक्ल पूणिर्मादेखि माघ शुक्लपूणिर्मासम्म श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी व्रत कथा आज समापन हुन लागेको हो ।
परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनामा स्वामी नामले चिनिने माधवनारायणको जलप्रसाद ग्रहण गरी गत पुस शुक्ल पूणिर्मादेखि व्रत शुभारम्भ गरेका थिए ।
माधवनारायणको व्रत बसेका व्रतालुले पनि व्रत समापन गर्दैछन् । बज्रयोगिनी माईलगायत साँखु बजार बाहिर पनि सुन्ने गरी गर्ने शंख बजाएर व्रत समापनको निम्ता गर्ने प्राचीन कालदेखिको विधि छ ।
व्रत समापनलाई स्थानीयले अश्वमेध यज्ञ गर्ने पनि भन्छन् ।

 

समाचार