हेटौंडाको फोहोर व्यवस्थापनको रिट खारेज, उठाउन थालियो फोहोर

हेटौंडा। उच्च अदालत पाटन इजलासले हेटौंडा उपमहानगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धमा दायर रिट निवेदन खारेज गरेपछि उपमहानगरपालिका भित्र थुप्रिएको  फोहोर उठ्न थालेको छ ।

मंगलबार उच्च अदालत पाटन हेटौंडा इजलाशले  न्यायाधीश यमुना भट्टराई र सानुमाया डंगोलको संयुक्त इजलासले रिट निवेदन खारेज गरिदिएको हो।रिट निवेदन खारेजी भएपछि फोहोर उठाउने ट्याक्टर हेटौंडा बजारमा विगत १ सातादेखि थुप्रिएको फोहोर उठ्न थालेको हो।
अघिल्लो मंगलबार योगेन्द्रप्रसाद उपाध्यायले दायर गरेको रिट निवेदनमा उच्च अदालत पाटन हेटौंडा इजलासका न्यायाधीश डा. निर्मला पौडेल भट्टराईले अन्तरिम आदेश जारी गर्दै डम्पिङ साइटमा फोहोर नफाल्न भनिएको थियो । उच्च अदालतको अन्तरिम आदेशपछि हेटौँडा उपमहानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै फोहोर संकलनको कार्य स्थगित गरिएको जनाएको थियो ।

समाचार