बुलेट बाइकको ठक्कर वृद्धा गम्भीर घाइते

हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मानसचोकमा बुलेट बाइकको ठक्करबाट ७३ वर्षीय एक वृद्धा गम्भीर घाइते भएका छन्।

बिहीबार बिहान मानस चोकबाट लोकप्रिय मोड तर्फ जादै गरेको  बागमती प्र-०३-०४प ७४३८ नम्बरको बुलेट बाइकले पैदल यात्री हेटौंडा ५ सानोपोखरा बस्ने ७३ वर्षीया बिष्णु खड्कालाई ठक्कर दिएको थियो।  ठक्करबाट गम्भीर घाइते उनको हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन रिफर गरिएको प्रहरीको जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई वडा प्रहरी कार्यालयले हेटौंडाले नियन्त्रणमा लिएको छ ।

समाचार