नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन तोलामा ५ सय रूपैयाँ बढेको हो । सुनको मूल्य तोलाको १ लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । चाँदीको मूल्य बिहीबार १० रूपैयाँ बढेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।