सक्कियो टिसिएनचौरमा जारी महोत्सव:६ करोडको कारोबार

हेटौंडाको टिसिएनचौरमा जारी दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सम्पन्न भएको छ।

निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा फागुन ६ गतेबाट सुरु भएको महोत्सव फागुन १८ गते आइतबार सम्पन्न भएको हो  । महोत्सवमा एक लाख दर्शकले अवलोकन गरेको संघले जनाएको छ । महोत्सवमा ६ करोड रुपैयाँ बराबरको कारोबार भएको निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेलले बताएका छन् ।

महोत्सवबाट बचेको रकमलाई निर्माण व्यवसायी संघको नयाँ भवन निर्माणमा प्रयोग गरिने आयोजकले जनाएको छ।  महोत्सवको माध्यमबाट निर्माण सामग्री उद्योगी, विक्रेता र उपयोगकर्ताबीच सोझो सम्पर्क हुनुका साथै यसबाट व्यवसाय वृद्धिसँगै उत्पादित वस्तुहरूको बजार प्रवर्द्धन भएको अध्यक्ष कँडेलले दाबी गरेका छन्। निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले महोत्सवको समापन गरेका थिए।

समाचार