स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ हेटौंडामा भेट्रान्स कप रनिङ्ग शिल्ड फुटबल हुने

हेटौँडा भेट्रान्स क्लबको आयोजनामा १० औं संस्करणको ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता फागुन २२ गते देखी  हुने भएको छ ।

आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौँडा भेट्रान्स क्लबले  दशौँ संस्करणको प्रतियोगिता फागुन २२ गते देखी २६ गते सम्म संचालन हुने जनाएको हो । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रमेश कुमार उप्रेतीले प्रतियोगिता हेटाैंडा ४ हुप्रचौरमा खेलाइने  जानकारी दिएका छन्।  स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथे गत वर्ष देखी ४५ वर्ष माथि उमेर समूहमा प्रतियोगिता आयोजना गर्दै आएको र यस वर्ष पनि ४५ वर्ष माथि उमेर समूह बिच हुने प्रतियोगितामा देशैभरका १६ वटा भेट्रान्स क्लबहरूको सहभागिता रहने उप्रेतीले जानकारी दिएका हुन्। प्रतियोगितामा पहिलो हुने समूहले एक लाख ५० हजार ५ सय ५५ र दोस्रो हुने समूहले ७५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।

यस्तै विधागत खेलाडीहरू सर्वश्रेष्ठ कोच,उत्कृष्ट फरवार्ड,उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिडफिल्डलाई जनही ५ हजार र म्यान अफ द सिरिज हुने खेलाडीलाई १० हजार पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ।

प्रतियोगिता सम्पन्न गराउन अनुमानित १२ लाख रुपैयाँ खर्च हुने बताइएको छ । प्रतियोगितामा मुख्य सहयोगीका रूपमा हेटौँडा उपमहानगरपालिका रहनेछ भने हेटौडा स्कुल म्यानेजमेन्ट लगायत विभिन्न पालिकाहरू, वडा कार्यालयहरु, संघ संस्था तथा समाजसेवी, फुटबल खेलप्रेमीहरुको साथ सहयोग रहने बताइएको छ । यस अघिको नवौँ संस्करण बानेश्वर फ्रेण्डसीप भेट्रान्स क्लबले हात पारेको थियो ।

खेलकुद समाचार