हेटौंडामा प्रथम नगरस्तरीय सडक नाटक प्रतियोगिता शुरू

कला र साँस्कृतिकको प्रवर्द्वनबाट समाजमा रहेको विभेद र विकृति हटाउन समाजमा चेतना फैलाउन सकिने हेटौँडा उपमहानगरपालिका ४ नंबर वडा अध्यक्ष नवीन सिग्देलले बताएका छन् ।

४ नंबर वडा कार्यालयको आयोजना र झलझली मल्टिक्रियसन म्युजिक स्टुडियोको व्यवस्थापनमा शुरू भएको सामाजिक रूपान्तरणको लागि सचेतनामूलक उपमहानगरस्तरीय प्रथम सडक नाटक प्रतियोगिताको उद्घाटन गर्दै उनले विध्यालयबाट नै विध्यार्थीहरूलाई कला र साँस्कृतिसंग जोड्न सके दक्ष र उकृष्ट कलाकारको समेत उत्पादन गर्न सकिने र समाजमा विध्यमान विकृति, विसंगति, कुरिति, कुसंस्कार अन्धविश्वास, मानवीय हिँसालाई हटाउन सकिनेमा जोड दिए।

पहिलो प्रतियोगितामा ज्ञानोदय बालबाटिका आवासिय मावि हेटौँडा ५ का समूहले महिला हिँसा विरूद्व सचेतनामूलक रक्ताम्मे मेरो शरीर नामक नाटक र १८ नंबर वडा बाल सञ्जालले लागू औषध दुर्व्यसनीविरूद्व चेतना मूलक नाटक प्रस्तुत गरेका थिए । प्रतियोगितामा नगरभरीको १२ वटा समूह रहेको प्रतियोगिता फागुन २३ गतेसम्म सञ्चालन हुने नाट्यकर्मी आशाकाजी श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरी दाहाल, शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा(४ का संयोजक श्रीराम दाहाल, महिला जागरण समूहका अध्यक्ष राधिका चौलागाई, नवोदय शिशु सदनका निर्देशक दीपेश जोशी, राष्ट्रिय जनसाँस्कृतिक मञ्चका अध्यक्ष राजुराम राउत, सिस्नुपानी नेपालका अजर फुँयालको विशेष उपस्थिति रहेको थियो भने बाल सञ्जाल, नवोदय शिशु सदनकी उपाध्यक्ष एनि घलेको अध्यक्षतामा प्रतियोगिता भएको हो ।

समाचार समाज