राक्सिराङमा घास काट्न गएकी महिलाको लडेर मृत्यु

हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिकामा भिरबाट लडेर घास काट्न गएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ ६ कोलडाँडा बस्ने अन्दाजी ४८ /४९ वर्षीया सीता माया गलान रहेको जनाइएको छ। बिहान घरबाट घास काट्न जान्छु भनेर हिडेकी उनको घर नफर्किएपछि खोजी कार्य गर्दा घर देखी करिब १ किलोमिटर टाढा सिलिङ्गे सामुदायिक वनको भिरबाट तल खसी मृत अबस्थामा शव फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

समाचार समाज