मनहरीमा सडक दुर्घटना, एकको मृत्यु

 हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ। सोमबार बिहान  मनहरी ७  मनहरी पुलमा  चितवन तर्फबाट हेटौडा तर्फ आउदै गरेको ना १६ प ३१८१ नम्बरको मोटरसाइकल लाई सोही दिशा तर्फ आउदै गरेको ना ६ ख ४०५५ नम्बरको ट्रकले ठक्कर दिंदा मोटरसाइकल चालक चितवन रत्ननगर-१६ पिठुवाका ५५ वर्षीय रामजी गौतम घाइते भएका छन् भने मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने  ५६ वर्षीय निम बहादुर थापाको ज्यान गएको हो। टाउकोमा गम्भीर चोट लागेका थापाको उपचारको क्रममा मनहरी अस्पतालमा ज्यान गएको जनाइएको छ । मोटरसाइकल चालकलाई थप उपचारको लागि चितवन रिफर गरिएको प्रहरीको जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई मनहरी प्रहरीले नियन्त्रणमा लिएको छ। यता घटनाको विरोधमा मृतकका आफन्तले उचित क्षतिपूर्तिको माग र घटनामा संलग्नलाई कारबाहीको माग राखि जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी पुर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए। मागको सम्बोधन हुने आश्वासन पछि अवरुद्ध सडक करिब ४५ मिनेटपछि खुलेको थियो।

समाचार समाज