चुरियामाईमा बसले स्कुटरलाई ठक्कर दियो, चालक गम्भिर घाइते

हेटौंडा। मकवानपुर र बाराको सिमानामा चुरियामाई मन्दिर नजिकै बसले स्कुटरलाई ठक्कर दिएको छ । ठक्करबाट स्कुटर चालक गम्भिर घाइते भएको जनाइएको छ। बाराको जीतपुरसिमरा वडा नम्बर २१ तर्फको भागमा हेटौडाबाट पथलैया तर्फ जाँदै गरेको ना ५ ख ४०७३ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००५ प ९२२४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । घटनास्थलमा प्रहरी पुगिसकेको र घाइतेलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको जनाइएको छ । घाइते चालकको पहिचान खुल्न बाँकी रहेको र बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाइएको छ।

समाचार