मकवानपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–४ जुरेली बजार स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।

बा ४० प ५३०६ नंबरको मोटरसाइकल घुम्तिमा मोडने क्रममा आफै अनियन्त्रित भई दुर्घटना हुदा चालक बकैया–४ बस्ने ३३ वर्षिय रुपक दियालीको मृत्यु भएको हो ।

टाउकोमा चोट लागी गंभिर घाईते भई तत्काल उपचारको लागी बकैया अस्पताल पठाएकोमा उपचार पश्चात थप उपचारको लागी हेटौडा अस्पताल तर्फ पठाएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।

समाचार समाज