मकवानपुरगढी गाउँपालिकाको वडा नं ३ र सहकारी संस्थाहरू तथा अन्य संस्थाहरु बिच अन्तरक्रिया

२७ फागुन,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ कार्यालयले वडामा रहेका सहकारी संस्थाका अध्यक्ष र ब्यवस्थापहरुको उपस्थितिमा मंगलबार अन्तरक्रिया कार्यक्रम गरेको छ ।

मकवानपुरगढी गाउँपालिकाका सहकारी शाखा प्रमुख सुर्य बहादुर गुरुङको प्रमुख आतिथ्यता एवम् मकवानपुर जिल्ला सहकारी संघका ब्यवस्थापक गोविन्द दहालको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।

अन्तरक्रिया कार्यक्रममा सहकारी क्षेत्रमा आईपरेका समस्या र समाधानका विषयमा छलफल भएको वडा नं ३ का वडा अध्यक्ष भागवत घिमिरेले बताउनुभयो ।

कार्यक्रममा वडा नं ३ मा रहेका सहकारी संस्थाहरु धमिले कृषि सहकारी संस्था , हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्था , मनकामना दुग्ध उत्पादक सहकारी संस्था , श्रमिक साना किसान कृषि सहकारी संस्था र जागरण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र ब्यवस्थापकहरुको उपस्थिति रहेकोे थियो ।

कार्यक्रमका अतिथिहरु सुर्य बहादुर गुरुङ र गोविन्द दहालले सहकारी ऐन, नियम, निति तथा कार्यविधिहरुका विषयमा जानकारी गराउनु भएको थियो ।

वडा कार्यालयले सोमबार वडा भित्र रहेका खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र सिंचाइ उपभोक्ता समितिसँग अन्तरक्रिया गरेको थियो भने बुधबार सामुदायिक वन उपभोक्ता समितिसँग छलफल गर्ने कार्यक्रम रहेको वडा अध्यक्ष घिमिरेले बताउनु भएको छ ।

कार्यक्रममा वडामा रहनुभएका जनप्रतिनिधिहरु, वडा सचीव लगायतको आतिथ्यता रहेको थियो । छलफल तथा अन्तरक्रिया कार्यक्रम ३ नं वडाका वडा अध्यक्ष भागवत घिमिरेको सभाध्यक्षतामा भएको हो ।

मुख्य समाचार शिक्षा समाचार स्थानीय