जेसीआई हेटौंडाको आयोजनामा होलि मिलन कार्यक्रम सम्पन्न

बिहिबार जेसीआई हेटौंडाको आयोजना जेसीज सचिवालय हेटौंडा – ९ कर्रामा होली पर्व २०८१ को अवसरमा शुभकामना आदान प्रदान तथा होलि मिलन कार्यक्रम सम्पन्न भएको छ ।

जेसीआई हेटौंडा वर्ष २०२५ का शाखा अध्यक्ष जेसी पंकज दास बानियाँ ज्यूको उपस्थितिमा सम्पन्न कार्यक्रममा जेसीआई हेटौंडा वर्ष २०२५ का प्रमुख बोर्ड सल्लाहाकार सिनेटर कुश रिजाल र नेपाल जेसीज वर्ष २०२५ का राष्ट्रिय महासचवि तथा जेसीआई हेटौंडाका निवर्तमान शाखा अध्यक्ष सिनेटर विकेशलाल श्रेष्ठ ज्यूको विशेष उपस्थितिमा शुभकामना आदान प्रदान तथा होलि मिलन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जेसीआई हेटौंडाका पूर्व अध्यक्ष, बोर्डका पदाधिकारी एवम् सदस्यहरु तथा छिमेकी शाखाका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो । प्रमुख बोर्ड सल्लाहाकार सिनेटर कुश रिजाल र राष्ट्रिय महासचिव सिनेटर विकेशलाल श्रेष्ठ ज्यूले कार्यक्रममा सहभागिहरुका माझ सद्भावको पर्व होलिका अवसरमा शुभकामना व्यक्त गर्दै कार्यक्रमको सुरुवात गर्नु भएको थियो । कार्यक्रमका सहभागिहरुले एक आपसमा रंग लगाई सद्भाव एवम् शुभकामना आदान प्रदान गरेको थिए । कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्णलाई जेसीआई हेटौंडा वर्ष २०२५ का अध्यक्ष जेसी पंकजदास बानियाँले धन्यवाद व्यक्त गर्नु भएको थियो ।

मुख्य समाचार समाचार