मनहरीमा परियोजनाको संयुक्त अनुगमन सम्पन्न

ईस्थर बेन्जामिन स्मृति संस्थाद्वारा मनहरी गाउपालिकामा संचालन गरिएको परियोजनाहरुको संस्थाका प्रतिनिधि तथा पालिकाका प्रतिनिधि बाट संयुक्त रुपमा अनुगमन सम्पन्न भएको छ ।
संस्थाले सो पालिकामा ३२५०००० बराबरको कार्यक्रम संचालन गरिएको संस्थाका जिल्ला कार्यक्रम व्यवस्थापक बुद्धबिर लामाले जानकारी दिनुभयो ब्यबस्थापक लामाले मनहरी गाउपालिका अन्तर्गत रहेको २ वटा माध्यमिक विद्यालयमा शौचालय १ वटा सामुदायिक विद्यालयमा खानेपानी, ७  विद्यालयका १०० जना विधार्थीहरुलाई वर्षभरि पुग्ने गरि शैक्षिक व्यवस्थापन गरेको जानकारी दिनुभयो । उक्त अनुगमन कार्यक्रममा मनहरी गाउपालिकाका अध्यक्ष रन्जन कालाखेती,उपाध्यक्ष सिता पुलामी वडा नम्बर ३ का वडा अध्यक्ष एबं सामाजिक विकाश संयोजक अनन्त प्रकाश अर्याल, वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र अधिकारी पालिकाका शिक्षा युवा खेलकुद साखा प्रमुख प्रदिप पराजुली, श्रोत शिक्षक बिदुर थापा तेस्तै संस्थाको तर्फबाट जिल्ला कार्यक्रम व्यवस्थापक बुद्धबीर लामा, अनुगमन मुल्यांकन तथा तथ्यांक प्रमुख सानुकान्छा घलान र कार्यक्रम अधिकृत अमिर दहाल लगाएतको उपस्थित रहेको थियो ।
संयुक्त टोलीले मनहरी २ स्थित श्री सिता माध्यमिक विद्यालय, मनहरी ३ स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालय ४ स्थित श्री पशुपति माध्यमिक विद्यालय 7 नम्बरको राष्ट्रिय मा वि र वडा नाम ९ मा रहेको युवा बर्ष गंगा आधारभुत विद्यालयमा अनुगमन गरेको थियो यसै क्रममा संस्थाले पालिका अध्यक्ष कालाखेतीले संस्थाले विद्यालयमा मात्रै नभई मुहान मा नै पनि शुद्धिकरण गर्ने व्यवस्था गर्न अनुरोध गर्नु हुदै पालिका लागत साझेदारी गर्न तयार रहेको बताउनु भयो । तेस्तै पालिका उपाध्यक्ष पुलामीले ईस्थर बेन्जामिनले मनहरीको शैक्षिक पाटोमा निकै ठुलो योगदान गरेकोमा धन्यवाद व्यक्त गर्नुहुदै आगामी दिनहरुमा समेत कार्यक्रमहरुको निरन्तरता गर्नमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाको कार्यसम्पादन तथा सम्पन्न योजनाहरुको प्रतक्ष्य स्थानीय सरकारलाई गराउने उद्देश्य सहित यो कार्यक्रम को आयोजना गरिएको र अन्य कार्य पालिकाहरुमा समेत आयोजन्ना गरिने आयोजक ईस्थर बेन्जामिन स्मृति संस्थाका बुद्धबीर लामाले बताउनु भयो ।
समाचार