मनहरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

हेटौंडा। मकवानपुरकाे मनहरीमा बसको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

सोमबार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ भुलचाेकमा चितवनबाट हेटाैंडातर्फ आउँदै गरेकाे  बा ४ख ५५८२ नम्बरको बसले मनहरीबाट चितवन तर्फ जाँदै गरेको बा.प्र.०६-००२प ४२३३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक भरतपुर महानगरपालिका २ क्षेत्रपुरका २८ वर्षीय आकाश बरामुको ज्यान गएको हो । दुर्घटनामा स्कुटरमा सवार  सुनसरी ईटहरी  ७ बस्ने २८ वर्षीय  बुद्ध लामा घाइते भएका थिए । गम्भीर घाइते आकाशको उपचारको क्रममा चितवनमा मृत्यु भएको जनाइएको छ। अर्का घाइते लामाको चितवनमै उपचार भइरहेको र बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाइएको छ।

 

समाचार समाज