अफिमसहित हेटौंडाका दुईजना पक्राउ

अवैध लागुऔषध अफिमसहित हेटौंडाका दुईजना बाराबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हेटौडा-१२ रमनटारका ४४ वर्षीय मिलन भोलन र ४७ वर्षीय गोपालप्रसाद गौतम रहेका छन् । हेटौँडाबाट विरगंजतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१-०२९ च ५४१४ नम्बरको इलेक्ट्रिक गाडीमा सवार उनीहरूलाई बाराको सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट सशस्त्र प्रहरीले ८ किलो अफिमसहित पक्राउ गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोले उनीहरूको साथबाट अफिमसहित ६३ हजार ३ सय ६० रुपैयाँ, ३ थान मोबाइल लगायतका सामानहरू समेत बरामद गरि गाडिसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाएको छ ।

समाचार