धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ

हेटौंडा । आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई इमाडोल क्षेत्रबाट पक्राउ गरेको हो ।
शुक्रबार भएको राजावादीहरूको आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनलाई पक्राउ गरेको जनाइएको छ । खतिवडाले प्रहरीमाथि ढुङ्गा हानिरहेको र प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न उक्साइरहेको भिडियो सामाजिक सञ्जालमा छ ।
उनी विवादास्पद व्यक्ति हुन् । गत साउन ११ गते फेसबुक मार्फत लाइभ गरेर नेताहरूको मृत्युको कामना गरेर महायज्ञ हुन लागेको भन्दै सहभागिताका लागि आह्वान गरेपछि पक्राउ परेका थिए ।

समाचार