चौकिटोलमा रुखबाट लडेर मगर गम्भीर घाइते

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ चौकीटोलमा एक पुरुष रुखबाट लडेर घाइते भएका छन्।
घर अगाडी आँगनमा रहेका सरिफाको रुख चढेका स्थानीय ६२ वर्षीय भारत बहादुर आलेमगर रुख बाट लड्दा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ।रुखबाट खसेका आलेमगरलाई उपचारको लागि हेटौडा अस्पताल लगिएको र उनको टाउकोमा गम्भीर चोट लागेका जनाइएको छ।

समाचार