रानी वनमा मतदान कार्य सुरु

हेटौंडा। हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयनका लागि मतदान कार्य सुरु भएको छ। बिहान ८ बजे बाट सुरु भएको मतदान अपरान्ह ३ बजेसम्मलाई तोकिएको निर्वाचन संयोजक अर्जुन प्रसाद चौलागाईंले बताएका छन्। १६०० बढी मतदाताले मतदान गर्ने जनाइएको छ। मतदान कार्य सक्किएपछि आजै साँझबाट मतगणना हुने संयोजक चौलागाईले बताएका छन्। नयाँ नेतृत्व चयनका लागि दुई जनाको प्यानल चुवानी मैदानमा रहेका छन्।प्रष्ट खबर

समाचार