कान्तिलोकपथमा सिमेन्ट बोकेको टिपर पल्टिदा ४ जना घाइते

हेटौंडा । मकवानपुरकाे बकैयामा सिमेन्ट बोकेको टिपर दुर्घटना भएर सिमेन्टको बोरा झरेर लाग्दा  मोटरसाइकमा सवार २ सहित ४ जना घाइते भएका छन्।

मंगलबार बिहान कान्तिलोकपथ अन्तर्गत बकैया-११ सिमात घुम्ति नजिक सिमेन्ट बोकेर काठमाडौंतर्फ जाँदै गरेको  बा ३ क ३१७७  नम्बरकाे टिप्पर ब्रेक फेल भई अनियन्त्रित भएर सडकको बीच भागमा पल्टिँदा विपरीत  दिशाबाट आइरहेको बा ९१प ४२७९ नम्बरकाे मोटरसाइकलमाथि सिमेन्टको बोरा झरेर लाग्दा टिपरका २ जना र मोटरसाइकलका २ गरी चार जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक ललितपुर महालक्ष्मी नगरपालिका–९ निवासी २६ वर्षीय सागर खड्का सोही मोटरसाइकलको सवार निजको श्रीमती २७ वर्षीया सजिना कार्की, टिपर चालक ललितपुर बागमती गाउँपालिका–५ का २३ वर्षीय मनिष बोम्जनको सोही टिपरमा सवार सहचालक २४ वर्षीय सन्दिप स्याङ्तान घाइते भएको प्रहरीले जनाएको छ। घाइतेको ठिङ्ग स्वास्थ्यचौकीमा उपचार भइरहेको जनाइएको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

समाचार