हावाहुरी र प्रि–मनसुनका कारण छोटो समय बिजुली जाँदा ‘लोडशेडिङ’ भन्न मिल्दैन : प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले हावाहुरी र प्रि–मनसुनका कारण छोटो समय बिजुली जाँदा लोडशेडिङ भनेर भ्रम फैलाउने काम गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

प्राधिकरणले विज्ञप्ति निकालेर ग्राहकलाई नियमित र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको उल्लेख गरेको छ । अवरुद्ध भएका ठाउँमा विद्युत् सञ्चालन गर्न देशभरका वितरण केन्द्रबाट दिनरात काम भइरहेको प्राधिकरणको भनाइ छ ।

कुनै ठाउँमा विद्युतीय संरचनामा क्षति पुगेको पाइएमा प्राधिकरणको सम्बन्धित कार्यालय वा हटलाइन नम्बर ११५० मा जानकारी गराउन विज्ञप्तिमा उल्लेख छ । साथै पोल ढल्ने, तार लत्रिनेलगायतका कारण जनधनको क्षति हुन सक्नेतर्फ सुरक्षित रहन पनि प्राधिकरणले आग्रह गरेको छ ।

समाचार