मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठानको नाम मेट्नेलाई ५ दिनको म्याद थप

हेटौंडा ।मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको नाम पोतेर बोर्ड परिवर्तन गरेको घटनामा संलग्न ६ जनालाई आवश्यक अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हेटौँडाका सुनील गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई नियन्त्रणमा लिएको छ।
बिहीबार मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद गरी प्रहरीले अनुसन्धान थालेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।
पक्राउ परेका ६ जनानै  यबिहीबार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुर पुगेका थिए।

घटना लगत्तै  प्रतिष्ठानले विज्ञप्ति जारी गरि घटनामा संलग्नलाई कारबाही गर्न  प्रशासनको ध्यानाकर्षण गराएको थियो। प्रशासनको ध्यानाकर्षण पछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले संलग्नलाई पक्राउ गर्न प्रहरीलाई आदेश गरे पनि उनीहरूलाई प्रहरीले पक्रन सकेको थिएन्। यता पक्राउको विरोधमा बिहीबार साँझ विभिन्न दल निकट युवाहरूले जिप्रका अगाडी एक घण्टा चक्काजाम गरेका थिए। पक्राउ परेकालाई रिहाइ नगरे भोली १०बजेबाट सडकजाम गर्ने काग्रेस हेटौंडा नगर सभापति उत्सव इटेनीले बताएका छन् ।

समाचार