हल्कादेखि मध्यम वर्षाको सम्भावना

हेटौंडा । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।  यसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी प्रदेश प्रदेशको एक दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो सातै प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहनेछ ।  सातै  प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हिमपातको समेत सम्भावना रहेको छ। राति पनि सातै  प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सातै प्रदेशमा उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ ।

समाचार