कल्याणटार-हात्तीलेट जोड्ने सडकको स्ल्याब ढलान कार्य सुरु

हेटौडा-६ कल्याणटारमा कल्याणटार-हात्तीलेट जोड्ने सडकको स्ल्याब ढलान सुरु गरिएको छ । बुधबार बागमती प्रदेश सरकारका पूर्व मन्त्री एवं सांसद एकलाल श्रेष्ठले स्ल्याब ढलान कार्यको सुरुवात गर्नुभएको हो।

स्ल्याब ढलानको शिलान्यास गर्दै पूर्वमन्त्री श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्र भित्र पूर्वाधार विकास लाई प्राथमिकता दिएको बताउनुभयो। तत्कालीन समयमा आफूले खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालय सम्हालिरहँदा ६ नम्बर वडालाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउनुभयो । ६ नम्बर वडामा पुर्वाधार तर्फ सडक निर्माण, ६ र ७ नम्बरलाई जोड्ने खहरेमा बकस पुल र कल्याणटार बस्ती संरक्षणका लागि कर्रा करिडोर निर्माण र राजकुलो संरक्षणका साथै थुप्रै सिंचाइका योजनाहरुमा बजेट विनियोजन गरेको बताउनुभयो ।

निर्वाचनको समयमा यस क्षेत्रका जनताले जुन माया गरेर जीताएर पठाए सोही जनताको समस्या समाधान गर्नेतर्फ आफ्नो एकमात्र लकसरी रहेको भन्दै यो वर्ष बजेट अभावले अधुरो रहेका कामहरू पूरा गर्न आगामी आर्थिक वर्षमा विनियोजन गर्न लाग्ने प्रदेश सभा सदस्य श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश सरकारको आर्थिक वर्ष २०८१-८२ को विनियोजित २० लाख बजेटबाट २३८ मिटर लम्बाइको स्ल्याब ढलान सुरु भएको निर्माण उपभोक्ता समितिको अध्यक्ष नारायण सापकोटाले बताउनुभयो ।

कार्यक्रममा ६ नम्बर वडाका सदस्य लेखराज ढकाल, समाजसेवी विश्वराज राई, गुरु सापकोटा, बिष्णु ढुंगाना, विष्णु चौलागाईं, केदार राई, बद्री राई, दिपक दुलाल लगाएत स्थानीय बासिन्दाको उपस्थिति थियो ।

समाचार समाज