देविडाँडा टोल विकास संस्थाको अध्यक्ष पदमा ढकाल र ढुङ्गानाको उम्मेद्बारी

१० बैशाख २०८२, मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ अन्तरगतको देविडाँडा टोल बिकास संस्थाको अध्यक्षमा मोहननाथ ढकाल र मुक्तिनाथ ढुङ्गाना बिच प्रतिस्पर्धा हुने भएको छ ।


निर्धारित निर्वाचन कार्यतालिका अनुसार बैशाख १२ गते शुक्रबार सम्पन्न हुने अध्यक्ष पदको निर्वाचनमा बुधबार उम्मेद्बारी दर्ता गर्ने क्रममा ढकाल र ढुङ्गानाको मात्र उम्मेद्बारी दर्ता भएको निर्वाचन समितिका संयोजक गोविन्द प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।


गत चैत्र २७ गते सप्पन्न भएको टोल विकास संस्थाको भेलाले अन्य पदमा सर्वसम्मत गरे पनि अध्यक्ष पदमा भने सर्वसम्मत नभए पछि निर्वाचन हुन लागेको संस्थाका अध्यक्ष निल प्रसाद न्यौपानेले जानकारी दिनुभएको छ ।

मुख्य समाचार समाचार समाज स्थानीय