देशभर अत्याधिक गर्मी बढ्ने

हेटौंडा । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशभर अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ।

कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।  देशभर तापक्रम बढ्ने क्रममा रहेको तथा मध्य र पश्चिमी तराईका भू-भागहरूमा अत्याधिक गर्मीको पनि सम्भावना देखिएको छ । त्यसैले,  गर्मीका कारण दैनिक जनजीवन, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा प्रभाव पर्न सक्ने देखिन्छ ।

कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङको पनि सम्भावना रहेको छ।

समाचार