देविडाँडा टोल बिकास संस्थाको अध्यक्षमा ढुङ्गाना विजयी

मक्रान्चुली/ मकवानपुरगढी गाउँपालिका वडा नं ३ अन्तरगतको देविडाँडा टोल बिकास संस्थाको अध्यक्षमा मुक्तिनाथ ढुङ्गाना विजयी भएका छन ।

देविडाँडा निवासी मोहननाथ ढकाल र मुक्तिनाथ ढुङ्गाना बिच प्रतिस्पर्धा भएको हो । बैशाख १२ गते शुक्रबार सम्पन्न भएको निर्वाचनमा अध्यक्ष पदको उम्मेद्धवार  ढुङ्गाना विजयी भएको निर्वाचन समितिका संयोजक गोविन्द प्रसाद तिमल्सिनाले जानकारी दिए ।

उनका अनुसार देविडाँडामा १०४ घरधुरी रहेका छन । जसमा ९१ मत खसेकोमा २ मत बदर भएको छ । त्यसैगरी ढुङ्गानाले ६१ मत प्राप्त गरेका छन भने अर्का प्रतिस्पर्धी ढकालले २८ मत प्राप्त गरेका छन ।

गत चैत्र २७ गते सप्पन्न भएको टोल विकास संस्थाको भेलाले अन्य पदमा सर्वसम्मत गरे पनि अध्यक्ष पदमा भने सर्वसम्मत नभए पछि निर्वाचन गराएको अध्यक्ष निल प्रसाद न्यौपानेले जानकारी दिए ।

समाचार