शिक्षकमाथि प्रहरीले पानीको फोहोरा हानेको घटनाको घोर भर्त्सना गर्छौं : महासंघ

काठमाडौं : नेपाल शिक्षक महासंघले प्रहरीले फोहोरा प्रयोग गरेको कार्यप्रति घोर भर्त्सना गरेको जनाएको छ। नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले यो घटनाको महासंघले घोर भर्त्सना गर्ने बताए। उनले विगत २६ दिनदेखि शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले फोहोरा प्रयोग गरेर शिक्षकहरूलाई घाइते बनाएको बताए।

उनले भने,‘हाम्रो शान्तिपूर्ण आन्दोलनमा प्रहरीले फोहोरा पानी प्रयोग गर्‍याे,१४ जना भन्दा बढी शिक्षकहरू घाइते भएका छन्,यो घटनाप्रति महासंघ घोर भर्त्सना गर्दछ।’ उनका अनुसार दिउँसाे ३ बजे बैठक बस्ने छ। त्यसपछि थप आन्दोलनका रणनीति तय गरिने उनकाे भनाइ छ।

देशभरका शिक्षक/कर्मचारीहरू तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्।

 

समाचार