मकवानपुरगढी–३ मा गाइबस्तुमा रेबिज पुष्टि,संक्रमणपछि त्रासमा स्थानीय कृषक

मकवानपुरगढी गाउँपालिका–३ स्थित देबिडाडा टोलमा गाइवस्तुहरूमा रेविज देखिएपछि स्थानीय कृषकहरू त्रासमा परेका छन् ।

हालसम्म वडाका केही गाईमा अस्वाभाविक लक्षण देखिएपछि पशु सेवा विभागको टोलीद्वारा परीक्षण गर्दा रेबिजको संक्रमण पुष्टि भएको हो । रेबिज संक्रमित गाई  मृत भेटिएपछि पशु सेवा कार्यालय मकवानपुरले तुरुन्तै खोप अभियान सञ्चालन गर्ने निर्णय लिएको छ । स्थानीय कृषक गणेश प्रसाद तिमल्सिना  भन्छन्, “गाइले अचम्मै व्यवहार गर्न थाल्यो, केही जनावरहरू एकाएक आक्रामक भए । त्यसपछि पशु चिकित्सक बोलाइयो र परीक्षणमा रेबिज देखियो भन्ने सुन्दा हामी सबै डरायौं।”

त्यस्तै स्थानीय कृषक इन्दिरा न्यौपानेले भनिन्, “हाम्रो घरको गाई एकाएक पानी नपिउने, धेरै चिच्याउने भयो । पछि पशु प्राविधिकले रेबिजको शंका गर्यो । अहिले सबैलाई डर लागेको छ ।” उनका अनुसार गाउँमा कुकुरको संख्या पनि धेरै छ, जसबाट रेबिजको स्रोत अनुमान गर्न कठिन भइरहेको छ । रेबिज पुष्टि भएपछि गाउँपालिकाले विशेष सतर्कता अपनाउँदै खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाका वडाअध्यक्ष भागवत घिमिरेका अनुसार, “संक्रमण फैलन नदिन जोखिममा रहेका सबै गाइबस्तुमा  रेबिजविरुद्धको खोप लगाइदै छ । खोपहरू आवश्यक मात्रामा ल्याइदैछ ।”    पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा. ब्रजकिशोर ठाँकुरका अनुसार, रेबिज संक्रमित जनावरको टोकाइ वा थुकेको सम्पर्कबाट सर्ने अत्यन्तै घातक भाइरस हो । “यो रोग मानिसमा पनि सर्न सक्ने भएकाले सतर्कता अपनाउन  आवश्यक छ,” उनले बताए ।

साथै स्थानीयवासी, कृषकहरुले  आफ्ना गाइबस्तुहरूलाई अन्य जनावरहरूसँग सम्पर्कमा नआउने गरी छुट्टै राख्न, कुनै जनावरमा अस्वाभाविक लक्षण देखिएमा तुरुन्त पशु सेवा केन्द्रमा जानकारी गराउन, आवश्यक परेमा आफैं पनि रेबिजविरुद्धको खोप लगाउन , स्थानीय निकाय, पशु सेवा कार्यालय र प्राबिधिकहरू सहितको टोलीले गाउँमा निगरानी बढाएको छ भने जोखिमयुक्त क्षेत्रको पहिचान गरी तत्कालै खोप लगाउने तयारी भइरहेको जनाइएको छ।

पशु सेवा कार्यालयका प्रमुख डा.का अनुसार, “संक्रमणको स्रोत अझै नखुलेको भए पनि कुकुर,स्यालको टोकाइबाट हुनसक्ने सम्भावना छ।” उनले थपे, “गाउँमा रहेका सबै पाल्तु कुकुरहरू / समुदायका कुकुरहरूलाइ पनि खोप दिइनेछ।”  रेडियो प्रसारण र टोलीद्वारा घरदैलो कार्यक्रम मार्फत सचेतना फैलाउने कार्य भइरहेको छ। कृषक, जनतालाई  गाइबस्तुमा कुनै पनि अस्वाभाविक लक्षण देखिएमा तुरुन्त रिपोर्ट गर्न पनि  अनुरोध गरेका छन ।

आफैंमा जनावरको टोकाइ वा सन्देहास्पद सम्पर्क भएको खण्डमा स्वास्थ्य केन्द्रमा पुगेर रेविजबिरुद्दको खोप लागाउन, जोखिम न्यूनिकरणका लागि घरपालुवा जनावरहरूलाई बाँधेर राख्न, पशु स्वास्थ्य प्राविधिकहरूले खोप लगाउने क्रममा कुनै जनावरमा अत्यधिक आक्रोश, लार बगाउने, पानी नपिउने जस्ता लक्षण देखिएमा तुरुन्त अलग राख्न निर्देशन दिएका छन् ।  गाउँपालिका र पशु सेवा कार्यालयले सबै कृषकलाई सतर्क रहन अनुरोध गरेका छन्।

“यो समय डराउने होइन, सचेत हुने हो। सतर्कताका साथ हामी यो संकट नियन्त्रण गर्न सक्छौं,” अध्यक्ष घिमिरेले भने।   रेविजबिरुद्दको सचेतनामुलक कार्यक्रममा मकवानपुरगढि- ३ का वडाअध्यक्ष भागवत घिमिरे, पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा. ब्रजकिशोर ठाँकुर, मकवानपुरगढि गाउपालिकाका पशुशाखा  प्रमुख सत्यनारायण  साह, मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन दाहाल ,पशु प्राबिधिक,र कृषकको सहभागीता रहेको थियो ।

मुख्य समाचार समाचार