ढकाललाई पुनबर्हाली नगरे एसियन पेन्ट्स ठप्प पार्ने कर्मचारी संगठनको चेतावनी

राजकुमार के.सी.
मकवानपुर । हेटौंडा औधोगिक क्षेत्रमा उत्पादन कारखाना रहेको बहुराष्ट्रिय कम्पनी एसियन पेन्टसले गैरकानुनी तरिकाबाट निश्कासन गरेको कर्मचारी पुनर्बाहली नगरेको बिरोधमा विभिन्न संघ/संगठनमा आवद्ध  कर्मचारीहरु आन्दोलित भएका छन् ।

गत जेठ ८ गते उद्योगका कर्मचारी अर्जुन ढकाललाई उद्योग प्रशासनले बिनाकारण निश्कासन गरेको थियो ।

ढकाललाई निश्कासन गरेपछि मकवानपुरका विभिन्न संघ/संगठनमा आवद्ध  कर्मचारीहरुले गत जेठ ९ गते उद्योग परिसरमा प्रदर्शन गरी पुनर्बहालीको माग गरेका थिए ।

हालसम्म उक्त कर्मचारीको पुनर्बहाली नभएकोले आखिल नेपाल औधोगिक मजदुर संघ एसियन पेन्ट्स (नेपाल) प्रा.लि. ईकाई समितिले संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ । आईतबार एक बिज्ञप्ती जारी गर्दै संघले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

ईकाई समितिका अध्यक्ष सन्तोष खड्काले हस्ताक्षर गरेको बिज्ञप्तीमा जेठ १८ गते आईतबारदेखि कालोपट्टी बाधेर काम गर्ने, २५ गतेदेखि प्रत्येक दिन २–२ घण्टा बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म पेन डाउन गरी कार्यस्थलमा बस्ने र २८ गतेदेखि प्रत्येक दिन ४–४ घण्टा बिहान ६ बजेदेखि १० बजेसम्म र दिउँसो २ बजेदेखि ६ बजेसम्म पेन डाउन गरी कार्यस्थलमा बस्ने उल्लेख छ ।

बिज्ञप्तीमा कर्मचारी ढकाललाई पुनर्बहाली नगरे असार १ गतेदेखि पुनबर्हाली नगरेसम्म उद्योगको कामकाज ठप्प पारी कार्यालय परिसरमा उपस्थित भई दवाव दिने उल्लेख गरिएको छ ।

२०६५ साल बैसाख १ मा स्थायी नियुक्ति पाएका ढकाललाई उद्योग प्रशासनले बिना कारण निश्काशन गरेको मजदुर संगठनहरुको आरोप  छ।

उद्योगमामा कार्यरत ढकाललाई बिना कारण निश्काशन गरेपछि श्रम तथा रोजगार कार्यालय र जिल्ला प्रशासन कार्यालयले उद्योग प्रशासनलाई निश्कासन नगर्नु भन्ने दिएको आदेश समेतलाई अटेर गर्दै उद्योग प्रशासन अगाडि बढेपछि मजदुरहरु आन्दोलित भएको अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुर अध्यक्ष रामशरण घिमिरेले बताए ।

कर्मचारी आन्दोलनका बिषयमा एसियन पेन्ट्सका मानव संशाधन बिभागका बिक्रम सञ्जेललाई फोन सम्पर्क गर्दा फोन  उठेन ।

मुख्य समाचार राजनीति समाचार