हेटौँडामा ३ घण्टामै ७८ मिलिमिटरभन्दा धेरै बर्षा

मक्रान्चुली । अहिले कोशी प्रदेशको झापा, इलाम, खोटाङ र सोलुखुम्बुमा पानी परिरहेको छ । यस्तै बागमती प्रदेशको भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, सिन्धुलीलगायतका जिल्लाहरूमा पनि पानी परिरहेको छ ।

मधेश र लुम्बिनीका केही जिल्लाहरूमा पनि पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मकवानपुरको हेटौँडामा ३ घण्टामै ७८ मिलिमिटरभन्दा धेरै पानी परेको भन्दै नदी तटीय क्षेत्र र आसपासमा सावधानी अपनाउन आग्रह गरेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची र भक्तपुरको नगरकोटमा पनि ठूलो पानी परेको छ । महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम प्रदेशका १/२ ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

समाचार