सहकारी ब्यवस्थापन तथा सुददृढीकरण तालिम सम्पन्न

 मकवानपुर । मकवानपुर जिल्ला सहकारी संघको आयोजना एवम् बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा दुई दिने सहकारी ब्यवस्थापन तथा सुददृढीकरण तालिम सम्पन्न भएको छ ।

हेटौंडाकोे रोयल प्यालेसको सभाहलमा आइतबार सुरुभएको तालिम सोमबार सम्पन्न भएको हो । तालिम समापनको अवसरमा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देबकोटाले सहकारीका सञ्चालक, कर्मचारी र शेयर सदस्यहरुको ईमान्दार प्रयासले सहकारी सुदृढ हुने बताए ।

अध्यक्ष देवकोटाले सहकारीले समाजको सकारात्मक परिवर्तनमा महत्वपूर्ण भूमिका निभाएको बताए । तालिममा मकवानपुर जिल्लाका सहकारी संघ, संस्थाका संचालक समिति तथा  लेखा समितिका पदाधिकारी र कर्मचारी गरि ४० जनाको सहभागिता रहेको मकवानपुर जिल्ला सहकारी संघका ब्यवस्थापक गोविन्द दाहालले बताए ।

तालिम समापन समारोहमा मकवानपुर जिल्ला सहकारी संघका उपाध्यक्ष मेकुका घिमिरे दाहाल, सञ्चालक सदस्य शर्मिला डंगोल लगायतको आतिथ्यता रहेको थियो । तालिममा सहकारी प्रशिक्षक नवराज खनाल र राष्ट्रिय सहकारी बैंक बागमती प्रदेश कर्यालयका प्रमुख रामेश्वर अर्यालले सहजीकरण गरेका थिए ।

तालिकको बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठले आईतबार उद्घाटन गरेका थिए ।

मुख्य समाचार समाचार