राक्सिराङमा चट्याङ लागेर बालिकाको मृत्यु, ४ जना घाइते

हेटौंडा। मकवानपुरमा चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ भने एक महिला सहित ४ जना घाइते भएका छन् ।

शुक्रबार साँझ परेको चट्याङले राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ८ माईसिराङ्गकी ६ बर्षिया बालिका एनिका प्रजाको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

खाना खान घर बाहिर निस्कने बेलामा परेको चट्याङले उनको ज्यान लिएको जनाइएको छ। त्यसैगरी चट्याङले निजकी आमा २५ वर्षीया रबिना प्रजा घाईते भएकी छिन् ।

घाईते रबिनाको देब्रे खुट्टा नचलेको र उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको जनाइएको छ। यता शुक्रबार साँझै परेको चट्याङले राक्सिराङ्ग ९ चोराङ्गमा ३ जना घाईते भएको जनाइएको छ ।

समाचार