मकवानपुरगढीमा एसईई : शारदा माविको शतप्रतिशत सफलता, चण्डिका र जनक माविको नतिजा चिन्ताजनक

हेटौंडा।  मकवानपुरगढी गाउँपालिका अन्तर्गतको शारदा माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा शतप्रतिशत सफलता हासिल गरेको छ।  एसईईमा ८३.३३ प्रतिशत नतिजा ल्याउन सफल भएको छ ।

विद्यालयबाट परीक्षा दिएका सबै २५ जना विद्यार्थीले श्रेणी प्राप्त गर्दै उत्कृष्ट नतिजा ल्याएका हुन् ।  गाउँपालिकाका १० वटा सामुदायिक विद्यालयबाट यस वर्ष कुल २१३ जना विद्यार्थी SEE परीक्षामा सहभागी भएका थिए । सार्वजनिक नतिजाको विश्लेषण गर्दा सबैभन्दा राम्रो प्रदर्शन शारदा माविको देखिएको हो।

अन्य विद्यालयहरूको नतिजा यसप्रकार छ:

भानु मावि: २४ मध्ये १७ जना सफल, ७ जना असफल

जनता मावि: २१ मध्ये १२ जना सफल, ९ जना असफल

वंशगोपाल मावि: १७ मध्ये ७ जना सफल, १० जना असफल

रुपनारायण मावि: २१ मध्ये १२ जना सफल, ९ जना असफल

मनकामना मावि: १६ मध्ये ३ जना मात्र सफल, १३ जना असफल

चण्डिका मावि: ४५ मध्ये १० जना मात्र सफल, ३५ जना असफल

रानिसेरा मावि: १२ मध्ये ४ जना सफल, ८ जना असफल

जलादेवी मावि: १४ मध्ये ७ जना सफल, ७ जना असफल

जनक मावि: ३१ मध्ये ६ जना मात्र सफल, २५ जना असफल

समग्रमा, २१३ जना सहभागी विद्यार्थीमध्ये ९३ जनाले मात्र श्रेणी प्राप्त गरेका छन् भने १२० जना असफल भएका छन् ।

यसअनुसार गाउँपालिकाको कुल सफलताको दर ४३.६६ प्रतिशत रहेको छ। नतिजाको समग्र अवस्था हेर्दा गाउँपालिकाले आगामी वर्षहरूमा शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्न विशेष ध्यान दिनुपर्ने देखिएको छ।

शैक्षिक पूर्वाधार, शिक्षण पद्धति, स्रोत साधन र शिक्षकमात्राको सन्तुलनजस्ता पक्षमा सुधार आवश्यक भएको विज्ञहरूको भनाइ छ।

मुख्य समाचार (flash news) समाचार