शिखरकटेरीमा पोषण प्रवर्द्धन तथा विषादी न्यूनीकरण सम्बन्धि अन्तरक्रिया


२८ असार,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं २ को सभाहल शिखरकटेरीमा पोषण प्रवर्द्धन तथा विषादी न्यूनीकरण सम्बन्धि अन्तरक्रिया भएको छ ।

कृषक समुह, टोलविकास/सुधार समिति बिच पोषण तथा विषादी न्यूनीकरण कार्यक्रम अन्तरगत पोषण प्रवर्द्धन तथा विषादी न्यूनीकरण गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

विषादीको प्रयोगले मानवीय स्वास्थ्य तथा वातावरणमा गम्भीर असर परेको भन्दै खाद्यान्न बालिमा विषादीको प्रयोग कम गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभएको छ ।

मकवानपुरगढी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष बखान सिंह पाख्रीनको प्रमुख आतिथ्यता एवम् जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत डिलेन्द्र बुढाको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका कृषि शाखा प्रमुख गोपाल लम्साल, जनस्वास्थ्य कार्यालय मकवानपुरका बासुदेव रिमाल, मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले कार्यक्रममा आआफ्नो तर्फबाट प्रस्तुतीकरण गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रम जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा भएको हो भने कार्यक्रममा करिब ५० जनाको उपस्थिति रहेकोे थियोे ।

मुख्य समाचार शिक्षा समाचार समाज स्वास्थ्य