१५ महिने बालिका बलात्कृत गर्ने भिमफेदीका गोले पक्राउ

मक्रान्चुली । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८ घर भएका ५९ वर्षीय राजकुमार गोले पक्राउ परेका छन् ।

उनलाई प्रहरीले १५ महिने बालिकालाई बलात्कार गरेको आरोप पक्राउ गरेको हो । गोलेले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा १५ महिने एक नाबालिका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिएका छन् ।

नाबालिका आफ्नी आमासँग डेरामा बस्दै आएकी थिईन्। गोलेले लाइफकाइ आफ्नो कोठामा लगेर जबरजस्ती गरेको जनाइएको छ ।

प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गराएको छ । आरोपी विरुद्ध अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ।

समाचार